×

26 January, 2023

सुदूरपश्चिम प्रदेशमा बालबालिकाको हक, हित र अधिकारको संरक्षण तथा सम्वर्धनका लागि अनुरोधात्मक ज्ञापनपत्र

आज मिति २०७९ माघ १२ गते यस बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष राजेश शर्माले एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री श्री राजेन्द्र सिंह रावलज्यूलाइ सुदूरपश्चिम प्रदेशमा बालबालिकाको हक, हित र अधिकारको संरक्षण तथा सम्वर्धनका लागि अनुरोधात्मक ज्ञापनपत्र बुझाउनु भएको छ। उक्त कार्यक्रममा सिजपका अध्यक्ष, कार्यसमिति सदस्य, सल्लाहकार लगायत वर्ल्ड भिजन इन्टरनेशनलको प्रतिनिधिको सहभागिता रहेको थियो। माननीय मुख्यमन्त्रीले बाल अधिकार प्रवर्धनका लागि इमान्दार भए लागिपर्ने प्रतिवद्दता समेत जाहेर गर्नु भएको थियो।