×

07 February, 2023

माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्री भगवती चौधरीज्यूलाइ हार्दिक बधाइ ज्ञापन

यही मिति २०७९ माघ २३ गते नेपालमा बाल अधिकारको क्षेत्रमा क्रियाशील नागरिक समाज सञ्जालका प्रमुख तथा प्रतिनिधि मण्डलले माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्री भगवती चौधरीज्यूलाइ हार्दिक बधाइ ज्ञापन गर्नुका साथै नेपालमा बाल अधिकारको सम्मान, संरक्षण तथा परिपूर्तिका लागि तत्काल गर्नुपर्ने कानुनी तथा नीतिगत व्यवस्था, संरचनागत सुद्दढीकरण तथा कार्यक्रमिक प्रयास तथा अभियान सञ्चालनका विषयमा अनुरोधात्मक ज्ञापनपत्र बुझाएको छ। बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान(सिजप) को समन्वयमा भएको कार्यक्रममा माननीय मन्त्रीज्यूले बाल अधिकारको संरक्षणका लागि कानूनी तथा नीतिगत र संरचनागत व्यवस्थाका लागि आफू प्रतिबद्द रहेको बताउँदै मन्त्रालय नागरिक समाज सञ्जालहरुसँग समन्वय तथा सहकार्यका लागि तयार रहेको समेत बताउनु भयो।