16 February, 2023
यही मिति २०७९ फागुन ३ गते तदनुसार १५ फेव्रवरी २०२३ तारिखका दिन बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) र गैर सरकारी सस्था महासंघ नेपालको संयुक्त आयोजना, सेभ द चिल्ड्रेन, सिडा तथा प्लान इन्टरनेशनल नेपालको सहकार्य तथा बाल अधिकार सम्बन्धी नागरिक समाज सञ्जालहरुको ऐक्यवद्वतामा नेपालमा बाल अधिकार अनुगमन सम्बन्धी स्वतन्त्र उच्च स्तरीय संयन्त्रको विषयमा अन्तर संवाद कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा बाल अधिकार तथा कानूनविद् इन्दु तुलाधारले बाल अधिकार अनुगमन सम्बन्धी उच्च स्तरीय संयन्त्रको औचित्यता र आगामी प्राथमिकताका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो भने कार्यक्रममा सहभागी सबैले बाल अधिकार अनुगमन संयन्त्रको औचित्यता र संभाव्य उपायहरुको बारेमा आ आफ्नो धारणा राख्नु भएको थियो।